• गृह
  • किसान-कोप एग्रो विजनेश

किसान-कोप एग्रो विजनेश

 

१. पृष्ठभूमीः
किसान बहुउद्देश्यीय सहकारी संस्था वि.सं.२०५२ सालमा बहुउद्देश्यीय सहकारीका रुपमा स्थापना भई हाल सम्म अनवरतरुपमा यसक्षेत्रमा वित्तिय तथा गैरवित्तिय सेवाहरु प्रदान गर्दै आईरहेको छ । स्थापना चरणमा खाद्यान्न खरिदबीक्रीबाट शुरु भएको यसको मुख्य कारोबार समयक्रम संगै कृषिमा आश्रित जनताहरुको मनोभावलाई बुझ्दै रासायनिक मल विक्री वितरण हुदै आफ्ना सदस्यहरुलाई कृषि कार्य गर्न अथवा अन्य उत्पादनमुलक क्षेत्रमा लगानी गर्न आवश्यक पर्ने रकम कर्जा प्रवाह तथा बचत संकलन कार्य समेत शुरु गरि हाल बचत तथा ऋणका अलावा लघुवित्त कार्यक्रम तथा कृषि प्रवद्र्धन कार्यक्रम समेत सन्चालन गर्दै आईरहेको छ । कैलाली जिल्ला कार्यक्षेत्र रहेको यस सहकारी संस्था संग हाल ६० हजार बन्दा बढी सदस्यहरु आवद्ध भई सेवा लिईरहेका छने भने ति सदस्यहरु मध्ये झण्डै ७० प्रतिशत न्यून आय भएका निर्वाहमूखी कृषिमा आश्रित जनताहरु रहेका छन् । कृषिलाई आफ्नो मुख्य रोजीरोटी बनाउँदै आएका त्यस्ता सदस्यलाई व्यवसायिक कृषिकार्यका तर्फ आकर्षित गर्दै उनिहरुको आयस्तरमा सुधार गर्न सके स्थानिय स्तरमा रोजगारीमा बृद्धी भई समग्र अर्थतन्त्रमा अनुकुल पैभव पार्ने संस्थाको लक्ष्य रहेको छ ।
कृषिमा आश्रित खासगरि निम्न आय भएका युवा तथा महिलाहरुलाई यस अघिनै संस्थाले कृषि तालिम, परामर्श, सुलभमुल्यमा रासायनिक मल, निशुल्क बिउविजन, निशुल्क उत्पादन सामाग्री तथा कृषि कर्जा वितरण गर्दै आएको छ । तथापी, यसक्षेत्रको कृषि उपजकोउत्पादकत्व, आयातको अवस्था तथा वैदेशीक रोजगारीमा जानेको संख्या हेर्ने हो भने अझै फराकिलो क्षेत्रमा विशेष कार्यक्रम लागु गरि युवाहरुलाई व्यवसायिक कृषिको दायरामा समेट्नु पर्ने आवश्यकतालाई महसुस गर्दै मिति २०७६ जेष्ठ २ गते बाट जानकी गाउपालिकाको अमरावतीमा २.५ विगाह जग्गा भाडामा लिई ४० लाखको लागतमा एकिकृत कृषि फर्म सञ्चालन गरेको छ ।
२. लक्ष्य तथा उद्देश्यः
कुनै पनि व्यवसायिले लगानी सुनिश्चित गर्न उद्यमशिल क्षेत्रमा लगानी गर्नु पर्छ । तर, उद्यमशिल क्षेत्रले प्रतिफल दिने सुनिश्चित हुन सकेन भने लगानी डुब्ने सम्भावना प्रबल रहन्छ भन्ने कुरा संस्थाले विगत लामो समय देखि बचत तथा ऋणको कारोबार गरिरहँदा महसुस गरेको कुरा हो । कैलाली जिल्लाका ७० प्रतिशत अथवा यस सहकारी संस्थाका लाभान्वीत सदस्य मध्ये ७० प्रतिशतको मुख्य लगानीको क्षेत्र भनेको कृषि हो । साँझ बिहान छाक टार्ने होस वा थोर थोरै आम्दानी गरि दैनिक गर्जो टार्न नै किन नहोस सबैले खेतबारी गर्ने गरेका छन तथापी चाहे जस्तो प्रतिफल पाउन नसक्दा विरक्तिएर विदेशीनेको संख्या कम छैन । यस सन्दर्भमा संस्थाका सदस्यहरुलाई व्यवसायिक कृषिका लागि प्रेरित गरि उनिहरुको आम्दानी बृद्धीगरि जिवनस्तर उकास्नु यस परियोजनाको मुख्य उद्देश्य रहेको छ । थप उद्देश्यहरु निम्नानुसार रहेका छन् :

  •  आधुनिक प्रविधिको व्यवसायिक खेतीबाट लिन सकिने लाभ बारे स्थानियलाई सचेत गराउने ।
  • कृषक सदस्यलाई कृषि प्रविधिबारे कृषि फर्ममा फिल्ड प्रशिक्षण प्रदान गर्ने ।
  • जोखीम न्यूनीकरणका लागि सामुहिक व्यवसायिक खेतीलाई प्रवद्र्धन गर्ने ।
  • उत्पादन पश्चात सामुहिक संकलन, प्रशोधन तथा बजारीकरण का लागि सहजीकरण गरिदिने ।
  • संकलन केन्द्रका रुपमा कार्य गरि सदस्यका उत्पादनहरुको बजारीकरण गरिदिने ।
  • नमुना कृषि पर्यटनको विकास गर्ने ।
  • स्थानिय स्तरमा राजगारी सृजना गर्ने ।
  • मुल्य श्रृखलाका आधारमा निश्चित समय सिमाका लागि कृषि उपज धितो राखी ऋण दिने ।

३. लक्ष्य :यस एकिकृत कृषि फर्मले तय गरेका लक्ष्यहरु निम्नानुसार छन् :

  • प्रस्तावित फर्मबाट बार्षिक २ बाली चक्र गरि न्यूनतम २०० मेट्रीक टन तरकारी उत्पादन गर्ने 
  • एक वर्षभित्र न्यूनतम ४ हजार कृषक सदस्यलाई आधुनिक तथा व्यवसायिक कृषिबारे तालिम दिने ।
  • एक वर्ष भित्र न्यूनतम १ हजार कृषक सदस्यलाई फार्म फिल्ड तालिम प्रदान गर्ने ।
  • हाईटनेल प्लास्टीक घर निर्माण गरि बेमौसमी तरकारी उत्पादन गर्ने ।
  • हाटनेल प्लास्टीक प्रविधिबारे न्यूनतम १ सय जनालाई प्रशिक्षित गर्ने ।
  • स्थानिय स्तरका न्यूनतम ७ जनालाई नियमति र ४० जनालाई आवधिक रोगजारीको ग्यारेन्टी गर्ने ।
  • प्रशिक्षीत स्थानिय महिला तथा युवाहरुलाई बिना धितो तथा धितो सहित कृषि कर्जा प्रवाह गर्ने ।
  • सदस्यबाट समुहमा आधारित उत्पादनगर्न प्रोत्साहित गरि बार्षिक रुपमा उनिहरुले उत्पादन गर्ने न्यूनतम ४ टन तरकारी संकलन तथा बजारीकरण गरिदिने ।
  • एक टोल एक उत्पादनको नारा स्थापित गर्ने ।
  • आउने वर्षहरुमा जिल्ला भरीका विभिन्न स्थानहरुमा कृषि पकेटक्षेत्र निर्माणका लागि आवश्यक पुर्वाधारहरु तयार गर्ने ।
  • कृषि व्यवसायमा विचौलियाको अन्त्यगरि कृषकलाई सिधै लाभ प्रवाह गर्ने ।
  • कृषकको स्वाभिमान किसानको अभियान सन्चालन गरि कृषि पेशालाई सम्मानीत र मर्यादित बनाउने ।
  • किसान खेतीपाती कार्ड प्रयोगमा ल्याई उत्पादन अगावै कृषको अल्पकालिन वित्तिय आवश्यकता पुरा गर्ने ।
    ४. अपेक्षित परिणाम :
  • पुर्वि कैलालीमा तरकारी आयातको परिमाणमा कमी ।
  • न्यूनतम ५ सय परिवारको आय आर्जन बृद्धी भई जिवनस्तरमा परिवर्तन ।
  • वैदेशीक रोजगारीमा जाने युवाहरुको संख्यामा न्यूनीकरण ।
  • यस संस्थाको बचत तथा ऋण कारोबारमा बृद्धी ।
  • एक घर एक उत्पादनको अवधारणा लागु भई तथा विचौलीयाको अन्त्य भई तरकारीको मुल्य कम हुने र समग्र महंगी नियन्त्रणमा सघाउ पुग्ने ।
  • कृषि पेशा मर्यादित तथा सम्मानित पेशाका रुपमा ठहरिने ।