• गृह
  • संचालक समिती
अध्यक्षबाट सन्देश

अध्यक्षबाट सन्देश

      किसान बहुउद्देश्यीय सहकारी संस्था यतिबेला रजत जयन्ती वर्ष मा छ । संस्थाको विकासक्रमको श्रृंखलाबारे बारे भन्नुपर्दा २५ वर्षे यात्राका उतारचढाव बारे सम्पूर्ण बेलीबिस्तार लगाउन यो बेवसाईटको स्तम्भमा सम्भव नहोला । छोट्करीमा भन्नुपर्दा तत्कालिन परिस्थितीमा राष्ट्रिय विकासको मुलप्रवाहमा समावेश हुन नसकेको सदुरपश्चिम त्यसमाथी पनि भर्खर भर्खर जनघनत्व फैलिदै गरेको लम्की क्षेत्रका जनताहरु वित्तिय सेवाबाट विमुख भएकाबेला स्थानियलाई सहकारीको माध्ययमबाट एकताबद्ध गरि आर्थिक क्रियाकलापमा प्रोत्साहित गर्ने उद्देश्यले संस्थाको जन्म भएको हो । संस्थाको जन्म संगै देशमा राजनीतिक द्वन्द्वात्मक परिस्थिति सृजना भयो र सो परिस्थितीले अनेकन जटिलताहरु निम्त्यायो । तथापी संस्थालाई माया गर्ने र सहकारीको मर्मलाई आत्मसाथ गर्ने सदस्यहरुको अगाध आस्था, प्रेरणा र सद्भावका कारण त्यस्तो विषम परिस्थितीमा समेत संस्था विचलित हुनुपरेन र अन्तत्वगत्वा अनेकन जटिल पस्थितिहरुको सामना गर्दै आजको अवस्था सम्म संस्था आई पुगेको छ । ...

     यो वर्ष (वि.सं.२०७६–०७७) लाई हामीले रजत वर्षमा रुपमा मनाई रहेका छौं । रजत वर्षको अवसर पारेरे सदस्य तथा समुदाय लक्षित २५ ओटा कार्यक्रमहरु सार्वजनिक गरेको छ । हाल संस्थाले आफुलाई यस क्षेत्रमा नमुना सहकारीको रूपमा स्थापित गर्नुका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा परिचित हुन सफल भएको छ । हामी सबैको संस्था प्रतिको अगाध स्नेह, अनुशासन र प्रतिबद्धताका कारण नै संस्थाले यो सौभाग्य प्राप्त गरेको हो ।

  समाजमा उद्यमशिलताको सृजना भए मात्रै स्थानिय स्तरमा रोजगारीको अवस्था सृजना हुन्छ भन्ने हाम्रो मान्यता रहि आएकोले । रोजगारीमा बृद्धीभए मात्रै आय तथा उपभोगमा बृद्धी हुन्छ । आय तथा उपभोगमा हुने बृद्धीका कारण व्यक्तिको जिवनस्तरमा बृद्धी हुन्छ तसर्थ यस संस्थाले आफ्ना सदस्यहरुलाई उद्यमशिल बनाउने उद्देश्यले विभिन्न सिपमुलक तालिमहरु निशुल्क उपलब्ध गराईरहेका छौं ।

   सदस्यको उद्यमशिलता विकासमा सघाउन उद्देश्यले संस्थाले जानकी गाउपालिकाको पथरैयामा एकिकृत कृर्षि फर्म तथा निशुल्क कृषि तालिम केन्द्र सन्चालनमा ल्याएको छ । यो कृषि फर्मको सिकाईबाट संस्थाले अन्य क्षेत्रमा समेत यस्तै फर्म तथा व्यवसायिक सिप प्रशिक्षक स्थलहरुको विकास गर्दै जाने लक्ष्य लिएको छ । त्यसैगरी यसै आर्थिक वर्षबाट सदस्यका बेरोजगार छोराछोरीहरुलाई उद्यमी बनाउने लक्ष्य सहित नविन कार्यक्रम सन्चालनमा ल्याएका छौ । नबिन कार्यक्रमबाट हाम्रा सदस्यका बेरोजगार छोराछोरीहरुले निशुल्क प्राविधिक तालिम पाउनुका साथै व्यवसाय स्थापनाका लागि ऋण स्वरुप बिउ पुजी समेत प्राप्त गर्नेछन् । सदस्यहरुलाई व्यवसायिक कृषितर्फ आकर्षितगरि उहाहरुको आयस्तर बृद्धि तथा ऋणमा पहुच बृद्धिका लागि ३ जना कृषि प्राविधिक मार्फत उन्नत कृषि खेती प्रविधि तथा व्यवसायिकरण बारे विभिन्न बालीहरुमा तालिम प्रदान गरिरहेको छ ।

  समुदायमा वित्तिय सेवाबाट बिमुख र कृषिमा आश्रित भई जिविको पार्जन गर्न उत्सुक सदस्यहरुलाई वित्तिय तथा गैर वित्तिय सेवा मार्फत सबल बनाई उनीहरुसंगसंगै माथी उठ्ने संस्थाको मुल ध्येय हो । यसै ध्येयलाई आत्मसाथ गर्दै हामीले ‘समृद्धिका लागि समूदाय संग–संगै’ भन्ने नारा तय गरेका छौ । यो नाराको सार्थकता समस्त सदस्यको आर्थिक उत्थान र समुदायको आर्थिक विकासबाट आकलन गर्न सकिन्छ ।


धन्यवाद ,

जय सहकारी , नमस्कार

सुरेन्द्र कुमार शाह

अध्यक्ष

संचालक समिती

संचालक समिती


सुरेन्द्र कुमार शाह

अध्यक्ष

टिकेन्द्र बहादुर थापा

उपाध्यक्ष

लोकराज तिमिल्सैना

सचिव

मयाराम धमाला

कोषाध्यक्ष

दिनेश कुमार चलाउने

सह–सचिव

पतिराम चौधरी

सदस्य

जयरुप बुढा

सदस्य

मनिराम न्यौपाने

सदस्य

सरोज कुमार शाह

सदस्य

चन्द्रा सिंह

सदस्य

निर बहादुर शाह

सदस्य