परिचय

परिचय

किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड वि.स.२०५२ साल कार्तिक १७ गते कैलाली जिल्लाको प्रवेशद्धार लम्कीमा मुख्य कार्यालय रहने गरी २५ जना शेयर सदस्यहरुबाट रु.६०,३००।– शेयर पुँजी संकलन गरी तत्कालिन सहकारी ऐन अन्तर्गत स्थापना भएको संस्था हो । साथै २०५४ सालमा नेपाल राष्ट्र बैंकबाट सिमित कारोबार गर्न स्वीकृती समेत प्राप्त गरेको थियो ।

यस संस्थाले सदस्यहरुलाई आवश्यक सम्पुर्ण वित्तीय सेवा तथा कृषि प्रवद्र्धन कार्यक्रम मार्फत विभिन्न कृषि सम्बन्धी निःशुल्क तालिम तथा घरदैलो मै परामर्श सेवा दिनुका साथै स्थानियहरुलाई दैनिक उपभोग्य वस्तु सुलभ दरमा उपलब्ध गराउन तथा सदस्यका स्थानिय उत्पादनलाई बजारिकरण गर्न सहकारी सुपथ पसलको अवधारणा अनुसार किसान कोप-मार्ट सञ्चालन गरेको छ । विभिन्न समय परिस्थितमा हुने भवितव्य विपत/महामारिको समयमा समेत यस संस्थाले  समुदाय र सदस्यको साथमा रहि विभिन्न किसिमका राहत कार्यक्रम संचालन गर्दै आएको छ ।

“समृद्धिका लागी समुदाय संगसगै“ भन्ने मुल नारा तय गरेको यस संस्थाले विभिन्न सामाजिक काम समेत गर्दै आईरहेको छ । वित्तीय सेवालाई प्रविधि मैत्री  बनाउनु पर्दछ भन्ने मान्यता बोकेको यस संस्थाले सदस्यहरुलाई विभिन्न प्रकारको प्रविधिमुलक सेवाहरु प्रदान गर्दै आईरहेको छ । ATM सेवा सञ्चालन गर्ने सुदुरपश्चिम प्रदेशकै पहिलो यस सहकारीले ट्याबलेट बैंकिङ मार्फत सफलतापुर्वक सेवा दिने नेपालकै अग्रणी संस्थाको रुपमा परिचय स्थापित गर्नुका साथै चेक मार्फत रकम भुक्तानी गर्नुका साथै ABBS सेवा प्रदान गर्दै आईरहेको छ ।

भिजन ( VISION ) : ”आर्थिक तथा सामाजिक रुपान्तरणका लागी गरिब तथा विपन्न परिवारलाई स्वरोजगार एवं आत्म–निर्भर बनाउने“ भिजन रहेको यस संस्थाले विभन्न समयमा समाजमा विभिन्न किसिमका अभिमुखिकरण तालिम प्रदान गर्दै आईरहेको छ ।

मिसन ( MISSION ) : “गरिब किसान र साना उद्यमीहरुलाई वित्तीय तथा गैर वित्तीय सेवाको पहुँचमा ल्याई उनिहरुको गुणस्तरिय जिवनयापनका लागि सहकारीको मर्म बमोजिम नविनतम प्रविधिका साथ उद्यमशिलता र व्यवसायिकताको विकास गरि अधिकतम रोजगारी सृजना गर्ने । 

नारा : “समृद्धिका लागी समुदाय संगसगै“

यो संस्था सदस्य सुरक्षण सिद्धान्तलाई अवलम्बन गरि अन्तराष्ट्रिय स्तरको Smart Certified प्राप्त गर्न सफल नेपालकै पहिलो संस्था हो । साथै  यस संस्थाले आफ्ना सदस्यहरुलाई डिजिटल वित्तीय सेवा दिने उद्देश्यदे सुदुरपश्चिम प्रदेश मै पहिलो पटक ATM तथा QR Merchant सेवा उपलब्ध गराएको थियो । अन्य विभिन्न किसिमका डिजिटल सेवाहरु समेत दिदै आएको छ ।

 यस संस्थाले हाल सदस्य एवम् समुदाय स्तरमा सेवा प्रदान गर्ने उद्देश्यले देहाय बमानेजिमका व्यवसायिक युनिट बाट सेवा प्रदान गर्दै आई रहेको छ ।
संस्थाका व्यवसायिक युनिट 
१. वित्तीय युनिट
२. किसान–कोप मार्ट
३. किसान–कोप एग्रो

सदस्य तथा समुदायमा गुणस्तरिय सेवा सुविधा प्रदान गदै आई रहेको यस संस्थाले सुदुरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशमा सेवा दिईरहेको छ । २०८० असार मसान्त सम्मको वित्तिय विवरण निम्मनानुसार रहेको छ ।

क्र.सं शिर्षक  विवरन  क्र.सं शिर्षक  विवरण
१.  शाखा संख्या ४१ ४. शेयर पुँजी कोष  ६० करोड
२. कर्मचारी संख्या  २९०  ५. बचत  ३ अर्ब २२ करोड
३. सदस्य संख्या ७९,०००  ६. कर्जा लगानी  ४ अर्ब १२ करोड