• गृह
  • व्यवस्थापन टोली
महाप्रवन्धक बाट सन्देश

महाप्रवन्धक बाट सन्देश

संस्था सञ्चालनको २ दशक भन्दा लामो यात्राका क्रममा थोरै अनुकुल तर धेरै प्रतिकुल वातावरणमा तमाम उतारचढावहरुकोे सामना गर्दै आज रजत जयन्ती वर्षमा प्रवेश गर्दै २५ वर्ष सम्मको यात्रा तय गर्न सफल भएकोे अवसरमा म सम्पूर्णमा हार्दिक बधाई तथा धन्यवाद ज्ञापन गर्न चाहुन्छु । संस्था स्थापनासंगै कर्मचारीका रुपमा यस संस्थामा मेरो संलग्नता रहेका कारण ति उतारचढावहरुबारे म जानकार छु तसर्थ फर्केर हेर्दा गौरब महसुस गर्दछु । ...

विगत जे जस्तो रहे पनि आज संस्थाले राष्ट्रिय स्तरमा आफ्नो बलियो छबी बनाएको छ । यस क्षेत्रमा वित्तिय सेवा प्रवाहमा बैंक तथा वित्तिय संस्थाहरुको प्रतिस्पर्धा छ । यस्तो तिब्र प्रतिस्पर्धाका बिच संस्थाले नयाँ–नयाँ कार्यक्रम ल्याएर यस क्षेत्रमा आफ्नो दरिलो उपस्थिती जनाउनुका साथै लोकप्रियता समेत हासिल गरि आफ्नो छुट्टै अस्तित्व र पहिचान बनाई सकेको छ ।


सदस्यहरुलाई केन्द्रमा राखेर योजना बनाई अघि बढिएका कारण यो सम्भव भएको हो । अब यो उपलब्धिलाई संस्थागत गर्दै अझै लामो दुरीको यात्रा तय गर्नुपर्ने जिम्मेवारी हाम्रो काँधमा छ । सरोकारवाला सबैको साथ र समर्थन रहे जस्तासुकै चुनौती पनि पार गर्न अवश्य सकिनेछ भन्ने मेरो विश्वास छ । तसर्थ, आगामी दिनहरुमा दीर्घकालिन योजनाहरुको निर्माण गर्दै नयाँ सोच, कार्यक्रम र आयामका साथ अघि बढ्न शेयरसदस्यहरु, सन्चालक समिति, लेखासुपरिवेक्षण समिति, सल्लाहकार समिति लगायत शुभेच्छुक संघ, संस्था, निकाय तथा व्यक्ति महानुभावहरुबाट निरन्तर सल्लाह सुझाव एवं मार्गदर्शनको अपेक्षा लिएको छु ।
धन्यवाद, जय सहकारी ।

डम्बर बहादुर शाह

महाप्रबन्धक

व्यवस्थापन टोली

व्यवस्थापन टोली


श्री.रण बहादुर साउद

प्रसाशन तथा संचालन विभाग

श्री.प्रकाश कुमार जि.सी.

अनुगमन तथा सुपरिवेक्षण विभाग

श्री.निरञ्जना चौधरी

मानव संसाधन तथा गुनासो निवारण विभाग

श्री.दिपकराज ढुंगाना

कर्जा तथा असुली विभाग सुचना अधिकारी